काठमाडौँ, ११ कात्तिक ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हाल्नुभएको छ । सार्क मन्त्रिपरिषद्ले उहाँको नियुक्तिलाई अनुमोदन गरेसँगै उहाँले गत मङ्गलबारदेखि कार्यभार सम्हाल्नुभएको सार्क सचिवालयले आज जनाएको छ ।
नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुनुहुन्छ । उहाँ बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुनुहुन्छ । सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गर्नुभएका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसक्नुभएको छ । उहाँले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसक्नुभएको छ ।
सन् १९६६ मा जन्मनुभएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिनुभएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |