धादिङ । नेकपा माओवादी केन्द्र नीलकण्ठ वडा न ६ को आयोजनामा सुनौला बजार देखि भैरवी मन्दिर सम्म दौड प्रतियोगिता सम्पन्न भएको छ ।
मुकुन्द सेन क. सन्देशको स्मृतिमा वडा कमिटिले दौड प्रतियोगिताको आयोजना गरि ३ महिने अभियानको उद्घाटन गरेको हो । मुकुन्द सेन २०१४ सालमा सुनौलाबजारमा जन्मिएका थिए । उनि २०५९ साल भाद्र २९ गते नेत्रावती डवजोङ कटुन्जे थर्पुमा सहादत भएका थिए ।
माओवादी केन्द्र वडा कमिटिले भैरवी मन्दिर पर्यटन प्रवधनका लागी सहिद मुकुन्द सेन स्मृति दौड प्रतियोगता राखीएको बताईएको छ ।
दौड प्रतियोगितामा धादिङका सन्देश घले प्रथम, पावल तामाङ द्धितीय, राम घले तृतिय र रविन थापा सान्त्वना भएका छन् । विजेतालाई नगदसहित ट्रफी प्रदान गरिएको छ । नेकपा माओवादी केन्द्रले जनता संग माओवादी रुपान्तरण अभियानको अवसरमा आयोजना गरेको प्रतियोगितामा बालकदेखि वृद्ध उमेरसम्मका २९ जना सहभागी थिए ।
नेकपा माओवादी केन्द्रका नेता दिपक विश्वकर्माको नेतृत्वमा उक्त वडामा ३ महिने अभियान संचालन हुदै छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |