अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले लक्षितभन्दा माथिको मुद्रास्फीतिलाई ‘दिगो रूपमा’ कम गर्न ब्याजदर बढाउन तयार रहेको बताउनुभएको छ ।
वायोमिङमा आयोजित ‘ज्याक्सन होल इकोनोमिक सिम्पोजियम’मा उहाँले भन्नुभयो, “यदि उपयुक्त भएमा हामी ब्याजदर बढाउन तयार छौं र मुद्रास्फीति हाम्रो उद्देश्यतर्फ दिगो रूपमा तल जाँदैछ भन्ने कुरामा हामी विश्वस्त नभएसम्म प्रतिबन्धात्मक स्तरमा नीति कायम राख्नु आवश्यक छ ।” करिब डेड बर्षको (१८ महिनाभन्दा कम) समयमा ११ पटक ब्याजदर वृद्धि भएपछि अमेरिकी महत्वपूर्ण कर्जा दर अहिले ५.२५ देखि ५.५ प्रतिशतको बीचमा रहेको छ, जुन २२ वर्षयताकै उच्च स्तर हो । यद्यपि, ब्याज दर वृद्धिको द्रूत चक्रले मुद्रास्फीतिलाई रोक्न असफल भएको छ, जुन फेडको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा माथि अड्केको छ ।
केन्द्रीय बैंकरहरूको यस वर्षको ‘ज्याक्सन होल रिट्रीट’ले विश्वव्यापी अर्थव्यवस्थामा संरचनात्मक परिवर्तनहरूको परीक्षण गर्ने क्यान्सास सिटी फेडले एक विज्ञप्तिमा जनाएको छ । युरोपेली केन्द्रीय बैंकका अध्यक्ष क्रिस्टीन लेगार्डले शुक्रबार अपराह्न उक्त गोष्ठीलाई सम्बोधन गर्नुहुनेछ भने बेलायत र जापानका वरिष्ठ केन्द्रीय बैंकरहरूले शनिबार समूहगत छलफलमा भाग लिनेछन् ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |