भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट २ सय २१ जना बन्दी भागेका छन् । बाल सुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा नाबालक बन्दी भागेका हुन् ।
सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको नियन्त्रणमा ४२ जना बालिका र ३३ जना बालक मात्र रहेका छन् । थप १२ जनाको अस्पतालमा उपचार भइरहेको र बाँकीको खोजतलास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायक उपरिक्षक वसन्त पाठकले जानकारी दिनुभयो।
घटनास्थलमा उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षकहरू दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |