केही महिनादेखि हलिउड लेखक र कलाकार हड्तालमा छन्। हड्तालकै कारण हलिउडमा फिल्म, टेलिभिजन, स्ट्रिमिङ तथा रेडियोका कामहरू ठप्प भएका छन्। यसैबीच चर्चित गायक तथा अभिनेता बिली पोर्टरले पैसाको अभावमा आफ्नो घर बेच्ने निर्णय लिएका छन्।
राइटर्स गिल्ड अफ अमेरिका र स्क्रिन एक्टर्स गिल्ड युनियनका सदस्यहरूको हड्तालले अहिले हलिउड ठप्प भएको छ।
कतिपय फिल्मको रिलिज नै रोकिएका छन्। फिल्म र सिरियलको निर्माण रोकिएका छन् । यही कारण कलाकारले काम पाएका छैनन्। बिली पोर्टरले भने यही हड्तालका कारण आफू घर बेच्न बाध्य भएको बताएका हुन्।
पोर्टलले सिएनएनसँग भनेका छन्, ‘यही हड्तालका कारण मैले यो कदम चाल्नुपरेको हो। आउँदो सेप्टेम्बरमा एउटा नयाँ फिल्म र टिभी कार्यक्रममा सहभागी हुने कुरा थियो, जुन अहिले भइरहेको छैन। मलाई थाहा छैन, हामी कहिले काममा फर्कनेछौं।’
पोर्टलसहित धेरै कलाकारहरू हड्तालको कारण समस्यामा परेको बताइरहेका छन्।
स्क्रिन एक्टर्स गिल्डको अगुवाइमा सुरु भएको आन्दोलनमा स्ट्रिमिङ प्लेटफर्महरूलाई नाफामा सम्मान विभाजन र काम गर्ने उपयुक्त वातावरण सिर्जना गर्न माग गरिएको छ। गत मे महिनादेखि हडतालमा रहेका राइटर्स गिल्स अफ अमेरिकाका सदस्यसँग मिलेर उनीहरूले आन्दोलन गरिरहेका हुन्। राइटर्स गिल्ड अफ अमेरिकाले एलायन्स अफ मोसन पिक्चर र टेलिभिजन प्रोड्युसर्सविरुद्ध हड्ताल गर्दै आएको छ।
यस्तै, पारिश्रमिकमा समेत वृद्धि हुनुपर्ने उनीहरूको माग छ। साथै ‘रेसिड्युअल’ बारे पुन: विचार गर्न पनि माग गरेका छन् उनीहरूले। टेलिभिजन शो वा फिल्मको पुनः प्रसारण गरेबापत कलाकारले पाउने रकम ‘रेसिड्युअल’ हो।
@साहित्य पोष्ट
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |