नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक बिश्वकर्माले नगरपालिकाले महिला दिदिबहिनीहरुको हक हितको निमित्त काम गरिरहेको बताउनु भएको छ । उहाँले आईतबार नगरपालिकाको आयोजनामा भएको तीन दिने महिला सशक्तिकरण सम्बन्धि तालिम उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले महिला सशक्तीकरण भए मात्र परिवार र समाज सुधार हुने भन्दै नगरपालिकाले अब बन्ने नीति कार्यक्रम र बजेटमा तालिममा उठेका सल्लाह सुझावलाई टेकेर नगरपालिकाले महिलाको विकासमा लागिपर्ने बताउनु भएको छ । उहाँले परिवर्तित समयसंगै महिला दिदीबहिनीमा आएको चेतनाले अहिलेको समाज हिजो भन्दा सचेत रहेको बताउँनु भएको थियो । तालिममा सहभागीलाई वडादेखि आउने अगुवा महिलाको रुपमा नेतृत्वदायी भूमिका गर्ने महिलाको रुपमा आफूलाई विकास गरेर जान उपप्रमुख विश्वकर्माले अनुरोध गर्नुभएको छ।
तालिममा महिलालाई सशक्तिकरण गर्न नगरपालिकाले गरेको यो लगानीलाई सहभागीले सहि सदुपयोग गर्न आग्रह गर्दै नगरपालिकाको सामाजिक विकास संयोजक चिना माया श्रेष्ठले महिलाको आर्थिक विकास गर्नको लागि नगरपालिकाले कस्तो भूमिका निर्वाह गर्नुपर्छ तीन दिनको तालिमबाट खुलाउन सहभागीलाई आग्रह गर्नुभएको छ। महिलाको जिम्मेवारी घरायसी काममा मात्रै नभएर विकासको पूर्वाधारमा पनि महिलाको उपस्थिति जरुरी छ भनेर आत्मविश्वास जगाउनको लागि महिला सशक्तिकरण तालिमको आयोजना गरिएकोे नीलकण्ठ नगरपालिकाका महिला निरिक्षक निर्मला केसीको भनाई छ ।
तालिममा महिला अधिकार सम्बन्धि संवैधानिक व्यवस्था, सशक्तीकरण हुनकालागि के के हुनु जरुरी छ हामीले हाम्रा विचार अभिव्यक्त गर्न किन जरुरी छ र कसरी अभिव्यक्त गर्ने रु लैङ्गिक समानता के हो महिलालाई आयआर्जन किन जरुरी छ उद्यमशील महिलालाई राज्यको सहुलियत नीति के कस्तो छ र मनोपरामर्श लगायतका विषयमा प्रशिक्षण दिइने नगरपालिकाका सल्लाहकार दिपक कोइरालले जानकारी दिनुभयो ।तालिममा नीलकण्ठ नगरपालिकाको १४ वटै वडाका अगुवा महिलाहरू, विभिन्न पेशामा आबद्ध महिला, एकल महिला, किशोरीहरू लगायतको सक्रिय सहभागी रहेको छ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |