धादिङ,११ मंसिर । धादिङ उद्योग बाणिज्य संघको आयोजना आगामी पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव हुने भएको छ । कोरोनाका कारण विगतका ३ वर्षमा हुन नसकेको महोत्सवलाई यस वर्ष धादिङ उद्योग बाणिज्य संघले धादिङवेशीको खुल्लामन्चमा महोत्सव गर्न लागिएको हो ।
शनिवार धादिङवेशीमा संघको वैठकले महोत्सवलाइ सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा विषयगत उपसमितिहरु निर्माण गरी महोत्सव तयारीलाई तिर्वता दिएको छ । धादिङ उद्योग बाणिज्य संघका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा गठन भएका विभिन्न विषयगतउपसमितिहरुले शनिवार बाटै काम सुरु गरेको धादिङ उद्योग बाणिज्य संघका महासचिव तिलक सिम्खडाले बताएका छन् । महोत्सवमा ५ करोडको कारोवार हुने र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ ।
यस्ता छन् आठौ धादिङ महोत्सवकाउद्येश्यहरु
प्रदर्शनी बाट सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने
स्थानिय स्तरबाट उत्पादित बस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको बिकास गर्ने
घरेलु उद्योगको प्रवद्र्धनमा टेवापुर्याउने ।
घरेलु उद्योग र कृषिलाई ब्यावसायिक आधुनिकिकरण तर्फ उन्मुख गराउने ।
निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु््र्याउने ।
यस जिल्ला तथा आसपासका अन्यपर्यटकिय स्थलहरुको बिकास र बिस्तारमा टेवा पुर्याउने
स्थानीयबजारको बिकास बिस्तार एवं बिशिष्टिकरण तर्फ उन्मुख गराउने ।
उत्पादक र उपभोक्ता वीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध बिस्तार गराउने ।
कृषि पेशालाई व्यवसायिक रुपमा बिकास गराउन सहयोग गर्ने ।
आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने ।
लोप हुन लागेका स्थानिय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
बिभिन्न जातजाती बीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिबृद्धि गर्ने ।
लगानीका अवसरहरुको सृजना गर्ने
महोत्सवका मुख्य आकर्षणहरु
जिल्लाको स्थानीयतहको सहकार्यमा स्थानीय तह भित्रउत्पादनहुने वस्तु तथा सेवाको प्रद्धर्शनी
कृषिप्रदर्शनी
सानातथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्रीवितरण
विविध साँस्कृतिक प्रदर्शनी
पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
खनिज जन्यवस्तुको प्रदर्शनी तथा विक्री
जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री÷सूचना प्रविधी सम्बन्धी जानकारी
अटोमोवाईल्सको प्रदर्शनीतथाविक्रीवितरण
रमाईलो मेलावाल/उद्यान
हेलिकोप्टरवाट जिल्लाको पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकन रहेको छ ।
त्यसै गरी शनिबार सम्पन्न संघको बैठकले गठित उप समितिको बैठक ७ दिन भित्र राख्ने र संघको साधारण सभा पौष ३० गते धादिङबेशीमा गर्ने समेत निर्णय गरेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |