काठमाडौँ,१० असोज ।
विपद्का घटनाले पछिल्लो करिव साढे ६ महिनाको अवधिमा नेपालमा एक अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि असोज ९ गतेसम्मको अवधिमा देशभर भएका १ हजार ८०४ वटा विपद्का घटनाबाट उक्त क्षति भएको हो ।
सो अवधिमा बाढी, पहिरो, चट्याङ, आगलागी, भारीवर्षा, हुरी बतास, भूकम्प, जनावर आक्रमण र वन डढेंलोबाट १ अर्ब ४४ लाख ७० हजार ९३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणरले जनाएको छ । यसवर्ष सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाबाट बितेको करिव साढे ६ महिनामा ८३ करोड १९ लाख १ हजार १६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
प्राधिकरणका अनुसार यसवर्ष पहिरोबाट ८ करोड ५५ लाख ५८ हजार ७०० रुपैयाँ, बाढीबाट १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३४ लाख ९२ हजार रुपैयाँ, भारीवर्षाबाट २ करोड ७७ लाख ४५ हजार १७५ रुपैयाँ र हुरीबतासबाट २ करोड ५४ लाख ११ हजार ८०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।
यस्तै, जनावरको आक्रमणबाट ३९ लाख ५ हजार १०० रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक भएको प्राधिकरणले जनाएको छ । गत वर्ष (२०७८) को सोही अवधिमा विपद्का घटनाले नेपालमा १ अर्ब १ करोड ७६ लाख ३२ हजार ८४२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।
विपद्का घटनाबाट यसवर्ष २२१ जनाको मृत्यु भइसकेको छ भने १३ जना बेपत्ता भएका छन् ।
फाईल तस्विर
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |