धादिङ,२७ भाद्र ।
बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेल छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटन ललितपुरले विभिन्न मितिमा उनलाई ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो ।
त्यसपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |