धादिङ,१४ भाद्र ।
धादिङका अमृत तामाङ बागमती प्रदेशको खेलकुद छनोट समितिको सदस्यमा नियुक्त हुनुभएको छ । बागमती प्रदेश खेलकुद परिषदले तेक्वान्दो प्रशिक्षक तामाङलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशको खेलकुद छनोट समितिको सदस्यमा नियुक्त गरेको हो ।
खेलकुद प्रदेश परिषदले तेक्वान्दोका खेलाडी छनोट गर्न राजेश प्रजापतिको संयोजकमा ३ सदस्यीय छनोट समिति बनाएको छ । जसको सदस्यमा अमृत तामाङ र अशोक खड्का नियुक्त हुनुभएको छ ।समितिले भाद्र २० र २१ गते बागमती प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने तेक्वान्दो तर्फको खेलाडी छनोट गर्ने छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |