Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष दाहालको निर्देशन

प्रत्यूष ४४७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ३, शुक्रबार (२ साल अघि)
निर्वाचनमा केन्द्रित हुन अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ,०३ भाद्र ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित हुन युवा पङ्क्तिलाई निर्देशन दिनुभएको छ । माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग वाइसिएल को राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा पार्टीको पक्षमा एक ढिक्का भएर लाग्न निर्देशन दिनुभयो ।

“चुनावी महासङ्ग्राम अगाडि छ, त्यो सङ्ग्राममा युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ”, उहाँले भन्नुभयो, “अब तपाइँहरु क्रान्तिकारीलाई विजयी गराउने र समाजवादी क्रान्तिको आधार तयार पार्नेमा केन्द्रित भएर लाग्नुपर्नेछ ।” राजनीतिक सङ्घर्षका क्रममा युवाले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा फौजका रुपमा खटिन पनि युवापङ्क्तिलाई आग्रह गर्नुभयो । “युवा शान्तिपूर्ण फौजका रुपमा खटिनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताउनुभयो । “माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने विषयलाई कसैले पनि रोक्न सक्दैन”, अध्यक्ष दाहालले भन्नुभयो ।

माओवादी केन्द्र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न क्रियाशील रहेको जनाउँदै उहाँले जनताको विशाल समाजवादी सेना तयार गर्ने र उत्पादन वृद्धिको नयाँ अभियानमा पार्टी केन्द्रित भएको बताउनुभयो । “कम्युनिष्टलाई एकताबद्ध गर्ने अभियान केही कारणले असफल भएको छ, त्यो असफलताबाट हामी निरास हुनुहुँदैन”, उहाँले भन्नुभयो, “फेरि त्यसलाई सफल बनाउन अर्को ढङ्गबाट अगाडि बढाउनुपर्ने छ ।”

वामपन्थीलाई एकताबद्ध गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाएर समाजवादको यात्रामा अगाडि बढ्ने पार्टीको नीति रहेको उहाँको भनाइ छ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ नारामा आजदेखि सुरु भएको भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

    मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

  • देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

    देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

  • साउन महिनामा आधाले घट्यो मासुको व्यापार

    साउन महिनामा आधाले घट्यो मासुको व्यापार

  • गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

    गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन १२ गते सोमबार

    २०८२ साउन १२ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

    मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

    देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

    देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

    साउन महिनामा आधाले घट्यो मासुको व्यापार

    साउन महिनामा आधाले घट्यो मासुको व्यापार

    गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

    गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution