साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज साविक विजेता भारतको सामना गर्दैछ । कालिंगा स्टेडियममा हुने नेपाल र भारतबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।
नेपाल आज लगातार तेस्रो जित निकाल्दै फाइनलको यात्रा निश्चित गर्ने लक्ष्यमा छ । पहिलो खेल गुमाएको भारतलाई पनि फाइनलको लागि आजको खेल महत्वपूर्ण छ ।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले स्तब्ध पारेको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारत भने २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |