काठमाडौँ,३२ असार।
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।
नेपाल आज नामिबियालाई हराउँदै बदला लिने दाउमा छ । पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । साथै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, त्यो सहज भने छैन । नामिबिया पनि नेपालमाथि लगातार दोस्रो जित चाहन्छ ।
सिरिजको पहिलो खेलमा ब्याटिङ नचल्दा नामिबियासँग स्तब्ध बनेको नेपालले दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि ऐतिहासिक जित निकालेको थियो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहाससमेत रचेको थियो ।
अंक तालिकामा नेपाल १८ खेलमा ८ मा जित र ९ मा हारसहित १७ अंकका साथ पाँचौ स्थानमा उक्लेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |