काठमाडौं,२७ असार।
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने बताएका छन् ।
सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले यथास्थिति नै दोहोरिने खालका गठबन्धन बनाउन एमाले अग्रसर नहुने बताए । बिहे र डिभोर्सको प्रसङ्गलाई जोडेर गठबन्धनबारे ओलीले नक्कली बिहे गरेर सक्कली डिभोर्स नगर्ने बताए ।
‘एकपल्ट बिहे हुन्छ फेरि डिभोर्स हुन्छ । फेरि बिहे हुन्छ, फेरि डिभोर्स पनि हुन्छ । यसको पछाडिको कारण डिभोर्स चैँ साँचो हुन्छ, बिहे चैँ नक्कली हुन्छ,’ ओलीले भने, ‘त्यस कारण साँचो डिभोर्स गर्नका लागि, नक्कली बिहे गर्न एमाले हत्तारिँदैन ।’
देश र जनतालाई हित र फाइदा नहुने गठबन्धन एमालेले नगर्ने भन्दै उनले देश परिवर्तनको शक्तिसहित अघि बढ्ने बताए ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |