काठमाडौं, ५ असार।
इसेवाले ५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ५ असारमा बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यास ब्याक पाइने छ ।
आइतबार साँझ ५ः०५ देखि साँझ ५ः५५ बजेसम्म बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यास ब्याक पाइने बताइएको छ ।
इसेवाले ग्राहकहरू घरमै बसेर वित्तीय कारोबार गर्न सकून् भन्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । योजनामा सहभागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्ने र एकाउन्ट भेरिफाइड भएको हुनुपर्ने सर्त कम्पनीले तोकेको छ ।
इसेवाले हाल एन्ड्रोइडमा ५२ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६० लाखभन्दा बढी ग्राहकहरूलाई मोबाइल एपमार्फत सेवा प्रदान गरिरहेको छ ।
इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । यी बैंकहरूबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने बताइएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |