हेटौंडा, १७ जेठ
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा नीति तथा कार्यक्रम पेस गरेका हुन् ।
बागमती प्रदेशलाई शिक्षाको हबको रूपमा विकास गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तीमा एक विद्यालयमा नमुना बाल विकास केन्द्र सञ्चालन गरिने प्रदेश प्रमुख शर्माले बताए । प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।
‘जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयघात, मस्तिष्कघात र अप्स्टेट्रिक फिष्टुलालगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने बताइएको छ ।
त्यसैगरी प्रदेश सरकारले प्रदेश सञ्चार प्राधिकरण स्थापना गर्ने भएको छ । यस्तै प्रदेश सरकारले ‘एक वडा, एक पशु सेवा कार्यालय’को स्थापन गर्ने भएको छ । पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने शर्माले बताए ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |