काठमाडौं, १५ जेठ ।
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थद नबनाउन सर्वाेच्च अदालतले दिएको आदेशविरुद्ध आइतबार पनि काठमाडौँमा विरोध प्रदर्शन भएको छ ।
गत बिहीबार सर्वाेच्च अदालतले वातावरणीय कारण देखाएर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई बदर गरिदिएको थियो ।
सर्वाेच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेपछि काठमाडौं र बारामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ ।
आइतबार माइतीघर मण्डलमा सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीले ‘के विकास र समृद्धि अधिकार होइन ?, कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर, ‘वातरणको नाममा विकास रोक्न पाइदैन’ प्लेकार्ड बोकेका थिए ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |