काठमाडौं, ११ जेठ ।
झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–१ मा को. १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार भोजपुर षडानन्द नगरपालिका–८ घर भएका २३ वर्षीय टिचोहाङ राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा प्रदेश १–०२–०३ त १९७८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने ७० वर्षीया जैती देबी चौधरी रहेकी छन् । उनको मंगलबार राति मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका–९ नागढुङ्गाको ओरालोमा ग.१९ प ५२१ नम्बरको स्कुटर गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटरमा सवार सोही महानगरपालिका–३३ तल्लो पुडिटार बस्ने ४० वर्षीय किशोर कुमार थापा रहेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीस्थित सडकमा ना.६ ख ३२६८ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीया महिला रहेकी छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका–२ पानीधारास्थित सडकमा ना.५ ख ७७५ नम्बरको बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–९ जग्दिशपुर बस्ने ३० वर्षीय अशोक थारु रहेका छन् । उनको बुधबार बिहान मृत्यु भएको हो ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |