काठमाडौं, ३० वैशाख
निर्वाचन आयोगले आज देशभर भइरहेको स्थानीय निर्वाचनमा अपरान्ह १२ बजेसम्म सात जिल्लाका केही स्थानमा मतदान कार्य अवरुद्ध भएको जनाएको छ ।
आयोगका अनुसार दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको हो ।
अवरुद्ध भएको मतदान कार्य सूचार गर्ने प्रयास भइरहेको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
आज देशका ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ।
छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |