काठमाडौं, १३ वैशाख ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ४१ पैसा र बिक्री दर १२३ रुपैयाँ एक पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ एक पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ ६५ पैसा र बिक्री दर १५६ रुपैयाँ ४१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७५ पैसा र बिक्री दर १२८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ छ पैसा र बिक्री दर ८८ रुपैयाँ तीन पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४२ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ५५ पैसा र बिक्री दर नौ रुपैयाँ छ पैसा छ । चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा छ । कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ५१ पैसा र बिक्री दर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ एक पैसा छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ । कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ७९ पैसा र बिक्री दर नौ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |