काठमाडाैं, ९ वैशाख
नेपालमा न्युन चापिय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ सँगै मुलुकका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।
दिउँसो गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको आँकलन गरिएकाे छ ।
शनिबार पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ ।
राति प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |