काठमाडौं, ८ वैशाख ।
प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट भन्सार छली ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको बिभिन्न प्रकारका कपडा तथा जुत्ताहरु बरामद गरेको छ ।
कलंकीमा ना.६ ख ४३ नम्बरको ट्रकबाट बुधबार उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक चितवन कालिका नगरपालिका–१ का २८ वर्षीय तस्विर तामाङलाई पक्राउ गरेको छ ।
थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्दा ती सामान फेला पारेको थियो ।
पक्राउ परेका तामाङ, बरामद सामान र ट्रकलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |